Odapalika - The Fourth Estate - चौथो अंग
रिब्दीकोटलाई चाहियो अदुवा बेसारको बिउ

काठमाडौँ । पाल्पाको रिब्दीकोट गाउँपालिकालाई अदुवा र बेसारको बिउ आवश्यक परेको छ । पालिकाले बुधबार एक सूचना जारी गर्दै अदुवा र बेसारको बिउ भएका कृषक तथा कृषि सहकारी कम्पनीलाई आवेदन दिन आग्रह गरेको हो । 

‘रिब्दीकोट गाउँपालिकाको समन्वयमा विउ बिक्री वितरण गर्न इच्छुक कृषक÷कृषक सहकारी÷निजी उद्यमी तथा कम्पनीहरुले आफूले उपलब्ध गराउन सक्ने विउको परिमाण उल्लेख गरी ७ दिनभित्र (चैत २६ गतेसम्म) निवेदन पेश गर्नुहुन अनुरोध छ’, पालिकाले सार्वजनिक गरेको सूचनामा भनिएको छ । 

सूचना अनुसार पालिकालाई प्रति किलो १५० रुपैयाँका दरले १.८ टन अदुवा र ४० रुपैयाँका दरले ४० टन बेसारको आवश्यकता परेको छ । ribdicoat1712129727.jpg

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update