Odapalika - The Fourth Estate - चौथो अंग
अटिजम र बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई  हेरचाह खर्च दिदैँ नागार्जुन नगरपालिका

काठमाडौँ । नागार्जुन नगरपालिकाले अटिजम, बौद्धिक अपाङ्गता तथा डाउन सिन्ड्रम भएका व्यक्तिलाई हेरचाह खर्च उपलब्ध गराउने भएको छ । 

पालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार उक्त व्यक्तिहरुलाई हेरचाह खर्च उपलब्ध गराउने तयारी गरेको हो । बुधबार एक सूचना जारी गर्दै उक्त व्यक्तिहरुका परिवारलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । 

सूचना अनुसार आवेदन सँगै सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता वा जन्म दर्ताको फोटोकपी, अपाङ्गता परिचय पत्रको फोटोकपी, संरक्षकको परिचय खुल्ने कागजात संलग्न गर्नुपर्नेहुन्छ । 

यस्तै, अपाङ्गता भएका व्यक्तिको फोटो, सरकारी अस्पतालको सम्बन्धित डाक्टरले उल्लिखित अवस्था/अपाङ्गता रहेको भनी (बुवा, आमाको नाम उल्लेख भएको) प्रमाणित गरेको प्रमाण पत्र समेत आवश्यक पर्ने सूचनामा भनिएको छ । 

notice1712130661.jpg

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update