Odapalika - The Fourth Estate - चौथो अंग
चैत २८ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

काठमाडौँ । यही चैत २८ गते राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ । उपाध्यक्ष उर्मिला अर्यालले गत चैत १५ गते पदबाट राजीनामा दिएपछि खाली रहेको पदमा निर्वाचन हुन लागेको हो । 

अर्याल नेकपा माओवादी केन्द्रकी सांसद थिईन । 

सत्ता गठबन्धनभित्र राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष सत्ता गठबन्धनकै अन्य दललाई दिने सहमति भएको थियो । सोही सहमति अनुसार एकै  पार्टीबाट अध्यक्ष र उपाध्यक्ष दुबै निर्वाचित भएपछि उपाध्यक्षले पदबाट राजीनामा दिएकी थिईन ।

बुधबारको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदका लागि निर्वाचन तोकेको जानकारी गराएका हुन् । 

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशनसमेत उनले दिएका छन् । 
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update