काठमाडौं । निरन्तरको वर्षाले बागमतीलगायत देशका विभिन्न क्षेत्रका ठूला नदी र खोलामा खतराको तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले बाढीले क्षति पुर्याउन सक्ने भएकाले रौतहट, सर्लाहीका नदी किनाराका बासन्दिालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन र सुरक्षति स्थानमा जान आग्रह गरेको छ ।
महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको सूचनाअनुसार बागमतीको पधेंरादोभान (कर्मैया) जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो ।
हनुमन्ते, मनोहरा लगायतमा पनि जल सतह निकै बढेको छ । बागमती जलाधार क्षेत्रकै हरिहरपुरगढी सिन्धुली, मरिन कुशुनटार आसपासका क्षेत्रमापनिभारी वर्षाभएको छ । यस्तै, बर्दियाको बबई नदीले पनि खतराको तह पार गरेको छ ।
दाङ आसपासका क्षेत्रमा पनि भारी वर्षा भएकाले राप्ती नदीको जल सतह उच्च भएको छ । निरन्तरको बर्षा नरोकिएकाले ति नदीलगायत अन्य खोला र साना खहरामा बाढीको सतह बढ्दो क्रममा छ ।
अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
आजदिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनीप्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । मधेश र बागमतीप्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।
मंगलबार राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । साथै, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मधेश, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले ति क्षेत्रहरुमा बाढी तथा पहिरोको जोखिम बढ्दो रहेकोले सर्तकर्ता अपनाउन जल तथा मौसम र बाढी पूवानुमान महाशाखाले आग्रह गरेको छ ।
पछिल्लो २४ घण्टामा मोरङमा भारी वर्षा भएको छ । विराटनगरमा सबैभन्दा उच्च १०९ दशमलव ५ मिलिमिटर मापन भएको छ । यस्तै, कास्कीको पोखरामा १०२ दशमलव ५ मिलिमिटर, लुम्लेमा ८८ दशमलव २ मिलिमिटर, विरेन्द्रनगरमा ४४ दशमलव ५,ओखलढुंगामा ६० दशमलव ७ मिलिमिटर र काठमाडौंमा १४ दशमलव ३ मिलिमिटर वर्षा भएको छ ।