Odapalika - The Fourth Estate - चौथो अंग
यी ४ प्रदेशका पहाडी क्षेत्रमा आज पानी पर्ने 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजपनि देशका केही भू–भागमा पानी पर्नसक्ने सम्भावना रहेको बताएको छ । उसले कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा वर्षाको सम्भावना औँल्याएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभरको मौसम सामान्यतया सफा देखिएपनि दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणसम्म बदली हुने छ ।

कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान साथै कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update