Odapalika - The Fourth Estate - चौथो अंग
नगरपालिकाको सहयोगमा महिलाले खोले सेनिटरी प्याड उद्योग

इलाम । इलाम नगरपालिकाले पालिकाभित्रका महिलालाई सेनिटरी प्याड उत्पादनमा अनुदान दिएपछि महिलाहरुले उत्पादन थालेका छन् । 

इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट हाल दैनिक ३०० प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन् । 

२५ लाख रुपैयाँको लागतमा सुरु गरिउको यो उलेगमा महिलालाई मात्रै रोजगारीको व्यवस्था गरिएको छ । लगानीमध्ये नगरपालिकाले ३ लाख २० हजार रुपैयाा अनुदान दिएको संस्थाको भनाइ छ । 

बुधबार नगरप्रमुख केदार थापाले उद्योगको उद्घाटन गरेरका छन् । सो अवसरमा उनले महिलाका समस्या समाधानमा नगरपालिका गम्भीर रहेको बताउँदै उद्योगले महिलालाई रोजगारीको अवसर सिर्जना गरेको बताए ।

प्याडमा इलामलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका उनले महिलाले उद्योग सञ्चालन गर्ने विषयले समाजमा सकारात्मक सन्देश जाने दाबी पनि गरे । 

कार्यक्रममा उद्योगले हाल ‘ब्रान्डिङ, प्याकेजिङ, लेवलिङ’को काम गरिरहेको संस्थाकी अध्यक्ष बबिता लिङदमले जानकारी दिइन् । 

उद्योगमा हाल २ जना महिला कार्यरत छन् । उद्घाटन कार्यक्रममा उपप्रमुख विष्णु दाहाल, वडाध्यक्षहरु नुतनदेव दुुलाल, नरेश श्रेष्ठ, गायत्रीराम बस्नेतलगायत सहभागी थिए । 
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update