Odapalika - The Fourth Estate - चौथो अंग
मिनी संसद सक्रिय, एकै दिन ७ समितिका बैठक बस्दै 

काठमाडौँ । संघीय संसदका विभिन्न ७ वटा समितिहरुको बैठक आजै बस्ने भएको छ । 

संघीय संसदका दुबै सदनको बैठक जारी रहेका बेला समितिहरुसमेत एकसाथ सक्रिय भएका छन् । संसदलाई सरकारले बिजिनेस एिपनि प्रतिनिधिसभामा भने गृहमन्त्रीमाथि संसदीय छानविन समिति बन्नुपर्ने मागका कारण प्रभावकारी कायसम्पादन हुन सकिरहेको छैन । 

संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाका अर्थ समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बोलाइएको छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले साढे ११ बजे, सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दिउँसो १ बजे र महिला तथा सामाजिक समितिले २ बजे बैठक तय गरेका छन् । 

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक ३ बजे बस्दैछ । अर्थ समितिको आजको बैठकमा उजुरी छानबिन उपसमितिमा हालसम्म भएका काम कारवाहीको सम्बन्धमा छलफल हुने जनाइएको छ । 

सार्वजनिक लेखा समितिले विकास निर्माण केन्द्रित छलफल गर्दैछ । समितिमा आज हुलाकी राजमार्ग निर्माण सम्बन्धमा छलफल गर्ने बताएको छ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २०४ औँ बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको प्रगति विवरण, सार्वजनिक नीतिको मस्यौदा, तथा निर्माण र कार्यान्वयन लगायतका विषयमा छलफल हुँदैछ ।

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आज प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेका काम कारबाहीका बारेमा छलफल हुदैछ । 

महिला तथा सामाजिक समितिमा पनि हिंसा सँग सम्बन्धित दुई महत्त्वपूर्ण विषयमा छलफल हुदैछ । समितिले मानव बेचबिखन र लैङ्गिक हिंसा सम्बन्धी विषयमा छलफल हुँदैछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update