Odapalika - The Fourth Estate - चौथो अंग
मैवाखोलाले दियो विपन्न २२ परिवारलाई सोलार प्यानल 

काठमाडौँ । मैवाखोला गाउँपालिकाले विपन्न परिवारलाई सोलार प्यानल वितरण गरेको छ । पालिकाले वडा नम्बर ६ का विपन्न २२ घरपरिवारलाई सोलार प्यानल वितरण गरेको हो । 

गाउँपालिकाको सबैभन्दा दुर्गम बस्ती साम्ताङ्क गाउँका २२ परिवारलाई सोलार प्यानल प्रदान गरिएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमले जानकारी दिए । उनका अनुसार सोही गाउँका अन्य परिवारलाई सोलार प्यानल प्रदान गर्ने पालिकाको योजना छ । 

चालु आर्थिक वर्षमा गाउँपालिकाले दश लाख रुपैयाँ बजेट विनियोजन गरेर नवीकरणीय ऊर्जा प्रवद्र्धन कार्यक्रममार्फत सोलार प्यानल प्रदान गरेको अध्यक्ष बनेमले बताए । 

अघिल्लो वर्ष सोही गाउँमा ११ परिवारलाई सोलार प्यानल वितरण गरिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update