Odapalika - The Fourth Estate - चौथो अंग
इलाम २ मा माओवादी र एमालेको मिलन हुने

काठमाडौँ । इलाम–२ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द र नेकपा एमालेबीच मिलन हुने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार भएको छलफलमा उक्त निर्णय भएको हो । 

दुई अध्यक्षबीच भएको छलफलले माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने निर्णय गरेका हुन् । 

इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिमले उम्मेवार बनेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update