Odapalika - The Fourth Estate - चौथो अंग
बालमैत्री गाउँपालिकाका विद्यार्थीको पिँडुलामा पाइपका डाम, पालिकाले बनायो छानविन समिति 

काठमाडौँ । झापाको कमल गाउँपालिकालाई २ महिनाअघि मात्र तामझामका साथ वालमैत्री पालिका घोषणा गरियो । 

पालिकाले बालमैत्री घोषणा गर्न कानुन मात्र बनाएको छैन, व्यवहारिक रुपमा यसको कार्यान्वयन पनि गर्ने बतायो । तर २ महिना नबित्दै सोही पालिकाको वडा नम्बर ५ स्थित मंगलमय माविका प्रधानअध्यापकले एकजना छात्रालाई निलडाम नै बस्नेगरी पाइपले पिँडुलामा बेस्सरी पिटे । 

सामाजिक सञ्जाल फेसबुकमा बिरोध गरेर कमेन्ट गरेको भन्दै प्रधानअध्यापक मोहन बगालेले कार्यालयमै बोलाएर बेस्सरी कुटपिट मात्र गरेनन्, अभिभावक बोलाएर ती छात्रालाई विद्यालयबाट निष्कासन सम्म गर्न भ्याए । 

यो घटना पालिका हुँदै प्रहरीसमक्ष पुगेपछि प्रधानअध्यापक बगाले प्रहरी नियन्त्रणमा पुगे । 

प्रहरीले पक्राउ गरेपनि उनीमाथि कुनै मुद्दा लगाइएको छैन । बरु गाउँपालिकाले घटनाबारे छानविन गर्न भन्दै एउटा समिति बनाएको छ । 

पालिकाले एसइई चलिरहेकाले यो घटनालाई नउचाल्न आग्रहसहित दोषी देखिए कारवाही गर्नै प्रतिबद्धता जनाएको छ । 

पालिकाले वडा नम्बर ५ का वडाअध्यक्षको सयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएर छानविन थालेको बताउँदै २५ गतेभित्र प्रतिवेदन तयार पारेर वुझाउन निर्देशन दिएको छ । 

समितिले दोषी देखाएको अवस्थामा प्रधानअध्यापकमाथि कारवाही गर्ने  गाउँपालिका अध्यक्ष हकुमसिंह राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

kamal1712209092.jpeg

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update