Odapalika - The Fourth Estate - चौथो अंग
लोकसेवा भिड्न सिकाउँदै नेपालगञ्ज उपमहानगर, कसले पाउँछन् पढ्न ? 

काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले नगरपालिकाभित्र स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । 

उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै २६ चैतभित्र इच्छुकसँग आबेदन मागेको छ । 

उपमहानगरपालिकाले नायब सुब्ब, खरिदार, स्टाफ नर्स,अहेव, हेल्थ असिस्टेन्ट र अनमीका तयारी कक्षा सञ्चालन गर्न लागेको भन्दै कक्षा लिन चाहनेसँग आवेदन मागेको हो । 

अनलाइनबाट पनि आवेदन दिन सकिने भन्दै उपमहानगरले पालिकाको वेवसाइटमार्फत फाराम भर्न भनेको छ । 

लोकसेवा परीक्षा दिन योग्यता पुगेका व्यक्तिलाई कक्षा सञ्चालन गर्न लागेको भन्दै नगरपालिकाले यसका लागि विपन्न महिला, मधेशी, मुस्लिम, आदिवासी जनजाति, थारु, सीमान्तकृत, फरक पहिचान भएका, अपांगता भएका, गरीव किसान र मजदुरलाई लक्षित गरेर तयारी कक्षा चलाउने भनेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update