Odapalika - The Fourth Estate - चौथो अंग
पहिरोले उपत्यका छिर्ने ३ नाका अवरुद्ध 

काठमाडौं । अविरल वर्षपछि आएको वाढी पहिरोका कारण काठमाडौं उपत्यका छिर्ने ३ वटा नाका बन्द अवरुद्ध भएका छन् । 

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । 

स्थानीय जनप्रतिनिधिका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो  ।सडक अवरुद्ध भएपछि सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन्  ।

उता पहिरोका कारण उपत्यका छिर्ने  कान्ति लोकपथ र मदन भण्डारीमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गए राति मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौँडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडाँै सडकखण्डमा पहिराका कारण बाटो अवरोध भएको छ ।

प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीलेसमेत पहािरे पन्छाउन नसकेपछि तत्काल यो वाटो खुल्ने अवस्था नगरहेको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले  जानकारी दिए ।  

मकवानपुरको बकैया–११ लामराङस्थित कान्तिलोक पथ सडकखण्डमा पहिरो खसेपछि दुइतर्फी सवारी अवरुद्ध भएको छ । 

उता, पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३,रामापिथेकस पार्क क्षेत्रमा माथिबाट लेदोसहित ठूलो पहिरो खसेपछि मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update