Odapalika - The Fourth Estate - चौथो अंग
भूमिकास्थान नगरपालिकाले ल्यायो ५५ लाखको कृषि अनुदान, कुन खेतीमा कति पाइन्छ ?

काठमाडौँ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले कृषिबाली प्रवद्र्धनका लागि कृषकहरुलाई ५५ लाख रुपैयाँ अनुदान दिने निर्णय गर्दै प्रस्ताव मागेको छ । 

पालिकाको कृषि शाखाले सार्वजनिक सूचना जारी गर्दै कोदोदेखि भुँइकटहरसम्मका खेतीका लागि प्रस्ताव मागेको हो । 

रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत पालिकाले कोदो, उवाजस्ता कोसेबालीका लागि ५ लाख रुपैयाँका दरले २ वटा प्रस्ताव मागेको छ । 

तरकारी खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत पालिकाले ५० प्रतिशत लागत अनुदानमा वढीमा १ लाख रुपैयाँसम्म अनुदान दिने प्रस्ताव गरेको छ । 

यसका लागि कृषक तथा कृषि समूहहरुले ४० लाख रुपैयाँसम्मका आयोजना प्रस्ताव गर्न सक्ने पालिकाको भनाइ छ । 

पालिकाले बाँझो जमिनमा भूँइकटहर खेतीलाई समेत प्रोत्साहन गर्दै आएको छ । यो वर्ष १७ रोपनी जग्गामा भूँइकटहर खेती गर्नेलाई ५ लाख रुपैयाँ अनुदान दिने पालिकाको घोषणा छ । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update