Odapalika - The Fourth Estate - चौथो अंग
विमान खरिदमा साढे १ अर्ब भ्रष्टाचार, पूर्वमन्त्री शाहीसहित ३२ जनाविरूद्द मुद्दा 

काठमाडौँ । वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

विशेष अदालतमा आज दायर गरिएको मुद्दामा अख्तियारले पूर्वपर्यटन मन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्वपर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको हो । 

अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै प्रतिवादीहरुबाट सो रकम असुल गरी विगोभराउन र कैद सजाय गर्न मागदाबी गरेको छ । 

अख्तियारले पूर्व अर्थसचिव शिशिर कुमार ढुङ्गाना, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, पूर्वसहसचिव टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र नेपाल वायुसेवा निगमका पूर्व कर्मचारी अच्युतराज पहाडीलगायतलाई अख्तियारले प्रतिवादी बनाएको छ । 

शाही कर्णाली कांग्रेस संसदीय दलका नेता हुन् । तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि मुख्यमन्त्री समेत भएका थिए । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update