Odapalika - The Fourth Estate - चौथो अंग
कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न फेदीखोलाको निर्देशन 

काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा फेदीखोला गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीका सन्ततिलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्न निर्देशन दिएको छ । 

गाउँपालिकाको १९ चैतमा बसेको बैठकको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पौडेलले सामुदायिक विदालयमा भर्ना गर्ने सूचनासमेत जारी गरेका छन् । 

गाउँपालिकाले जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी, गाउँपालिका अन्तर्गत कार्यरत कर्मचारी र सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सामुदायिक विद्यालयमा आफ्ना सन्ततिको भर्ना गर्न भनेको हो ।  

शैक्षिक सत्र सुरु हुनै लाग्दा अधिकांश स्थानीय तहले सामुदायिक विद्यालय भर्नालाई अनिवार्य गर्न थालेका छन् । 

433258414_1179429543500632_3738983745623443930_n1712226954.jpg

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update