Odapalika - The Fourth Estate - चौथो अंग
गण्डकी, कर्णाली र सुदूरपश्चिमको मौसम विग्रियो, अन्यत्र कस्तो छ ? 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज बिहानैबाट देशका कतिपय भागमा सामान्य वर्षा भइरहेको जनाएको छ ।

विभागका अनुसार दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया मौसममा बदली आउने छ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान र ती क्षेत्रका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने पनि विभागको भनाइ छ । 

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति भने देशभर नै आंशिकदेखि सामान्यसम्म मौसममा फेरबदली भइरहने छ । 

गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

विभागले उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update