Odapalika - The Fourth Estate - चौथो अंग
बिहानै राहुकाल, राशिहरुमा कस्तो रहला यसको फल ?

आजको पञ्चाङ्ग 

तिथिः एकादशी । नक्षत्रः धनिष्ठा । करण: कौलव । चन्द्रराशिः कुम्भ । सूर्योदयः ०५ः५२ । सूर्यास्तः १८ः२३ । दिनमानः ३१ः१८ घडी । राहुकालः बिहान १०ः३० देखि १२ः०० बजेसम्म ।

तपाईंको आज

मेष (चु चे चो ला लि लु ले लो अ)

आज धन लाभ हुनेछ । नयाँ कार्यको थालनी गर्दा फाइदा होला । प्रिय खबर सुन्नुपर्ला । मन प्रफुल्लित हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

आजको कार्य उपलब्धिमूलक हुनेछ । भेटघाट र रमाइलो दिन हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्ला । 

मिथुन (का कि कु घ ङ छ के को ह)

भाग्यले पूरापुर साथ दिनेछ । नयाँ कामको सिर्जना हुनेछ । कर्तव्य निभाउन सक्षम भइनेछ । मनोरञ्जन पूर्ण दिन हुनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

धैर्यताले काम गर्नु पर्नेछ । नकारात्मक सोचले काम बिग्रन सक्छ । आज गरिएको लेनदेनले घाटा हुन सक्ला । 

सिंह (मा मि मु मे मो टा टि टु)

आजको दिन भाग्योदय समय छ । कामको चारैतिरबाट सम्मान होला । धैर्य र सकारात्मक सोचले कार्य पूरा हुनेछ  ।

कन्या (टो प पि पु ष ण ठ पो)

आज शत्रु पक्ष भने सबल रहनेछन् । अचानक धनप्राप्ति र भेटघाटको अवसर मिल्नेछ । अप्रत्यासित खुस्केको बोली तपाईँको लागि भारी पर्न सक्छ । सचेत भएर काम गर्नुपर्नेछ ।

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन अनुकूल रहनेछ । परिवारको खुसीमा रमाइनेछ । भेटघाटको अवसर जुर्नेछ । स्वास्थ्यमा सुधार देखिनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको समय शुभ रहनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल हुनेछ ।  शारीरिक पूmर्ति बढ्नाले काम गर्न जोश जाँगर आउनेछ । यात्रा सुखद हुनेछ । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

आज बन्धुवर्गको सामान्य टिप्पणीको सामना गर्नुपर्नेछ । अनावश्यक मानसिक चिन्ता होला । आर्थिक प्रगति हुनेछ । तपाईँको पराक्रमले काम बन्नेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

तपाईँको क्षमताकोे सबैले प्रशंसा गर्नेछन् । सामाजिक कार्यमा सरिक हुन पाइएला । धनप्राप्तिले मन आनन्दित हुनेछ । घुमफिर र भेटघाटमा समय बित्ला । 

कुम्भ (गु गे गो सा सि सु से सो दा)

रोकिएका विभिन्न काम बन्नेछन् । परिवार सम्बन्धी रमाइलोमा दिन बित्नेछ । मान सम्मान पाइएला । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

तपाईँको आजको दिन अलि तनाबमा बित्नेछ ।  गरेको प्रगतिले भाइबन्धुलाई डाहा हुनेछ । कुरा काट्नेहरु प्रशस्तै हुनेछन् । घुमफिरमा समय बित्नेछ । आय भन्दा व्यय बढी होला ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update