Odapalika - The Fourth Estate - चौथो अंग
नयाँ वर्षमा वीरगञ्ज महानगरका शहरी क्षेत्र २४सै घन्टा खुल्ला 

काठमाडौँ ।  वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष इदको अवसरमा  रात्रि बजार सञ्चालन गर्ने भएको छ । 

महानगरले २९ चैत देखि १ वैशाखको मध्यरातसम्म रात्रि बजार सञ्चालन गर्ने जनाएको छ । बजार आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म  सञ्चालन हुनेछ । 

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, नेपाल युवा उद्यमी मञ्ज वीरगञ्ज, वीरगञ्ज साइकक्लिङ क्लबलगायत संस्थासँगको सहकार्यमा रात्रि बजार सञ्चालन हुन लागेको हो । 

महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार रात्रि बजार अवधिभर नेपाल– भारत मुख्य सीमा चौबिसै घण्टा खुला राख्ने व्यवस्था मिलाउने प्रयास भइरहेको छ । 

भारतका पर्यटकलाई लक्ष्य गरेर यहाँका उद्योगी, व्यवसायीसँगको सहकार्यमा सञ्चालन हुने रात्रि बजारमा महानगरपालिकाले ७५ प्रतिशत लगानी गर्नेछ । 

नाफा कमाउन नभई यहाँको आर्थिक गतिविधि बढाउने उद्देश्यले बजार सञ्चालन हुन लागेको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतान बताउँछन् । 

रात्रि बजारमा १०० भन्दा बढी  स्टल हुनेछन् । शिक्षा, स्वास्थ्यसम्बन्धी जानकारीमूलक स्टलका साथै त्यहाँ विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध सामग्री उपलव्ध हुने बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update