Odapalika - The Fourth Estate - चौथो अंग
गायक रवि ओड विरुद्ध श्रीमतीले दिईन वैवाहिक बलात्कारको जाहेरी, खोज्दै प्रहरी

काठमाडौँ । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड विरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन् । 

उनी विरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएपछि प्रहरीले पक्राउ पुजर्ए जारी समेत गरेको छ । प्रहरीको निवेदनका आधारमा जिल्ला अदालत कञ्चनपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।  

ओडकी श्रीमतीले चैत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।

ओडको घर कञ्चनपुर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरले बुधबार प्रहरीलाई पक्राउको अनुमति दिएको कञ्चनपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।

उनी काठमाडौंमा रहेको सूचना पाएलगत्तै कञ्चनपुर प्रहरीले काठमाडौं प्रहरीलाई समेत पक्राउ गरेर पठाईदिन पत्राचार गरिसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update