Odapalika - The Fourth Estate - चौथो अंग
बिजुलीको पैसा तिर्न स्थानीय तहलाई प्राधिकरणको ताकेता, फेरि भन्योः लाइन काट्छौँ 

काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल नतिरेको भन्दै स्थानयि तहहरुलाई जुनसुकै बेला बत्ती काटिदिन सक्ने चेतावनी दिएको छ । 

आज प्राधिकरणले सूचना जारी गर्दै पटक–पटकको ताकेता गर्दापनि कतिपय स्थानीय तहले सडक बत्तीको महसुल नबुझाएको भन्दै लाइन काट्ने चेतावनी दिएको हो । 

प्राधिकरणले यसअघि १६ चैतमा पनि सडक बत्तीको महसुल बुझाउन ताकेता गरेको थियो । 

यो ताकेतापछि उपत्यका र बाहिरका कतिपय पालिकाले किस्तामा रकम तिर्ने प्रतिवद्धता जनाएका छन् भने कतिपयले बक्यौता तिरेका छन् । 

कतिपय पालिका भने पालिकासँगको समन्वय बिना जडान भएका सडक बत्तीको महसुल नबुझाउने अडानमा छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update