Odapalika - The Fourth Estate - चौथो अंग
धार्मिक दंगा फैलिने त्रासपछि हरिनगर र देवानजंग गाउँपालिकामा निषेधाज्ञा

काठमाडौँ । हिन्दु मुस्लिम समुदायबीच दंगा भड्कन सक्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाका २ वटा वडामा निषेधाज्ञा जारी गरेको छ । 

दुइवटा युवामसहबीच भएको झडपले धार्मिक सद्भाव भड्काउने अवस्था देखिएपछि सीमावर्ती हरिनगर र देवानगंजका वडा नम्बर १ र ७ मा भेला हुन, सभा सम्मेलन गर्नलगायतमा प्रतिवनध लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयलले बिहीबार भएको एक युवामाथिको सामूहिक आक्रमणको विषयलाई लिएर शुक्रबार बिहानैबाट भएको विरोध प्रदर्शनलाई ध्यानमा राखेर निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्याह्न १२ बजेटबाट तोकिएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन तथा कुनै पनि खालका क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन बमोजिम कफ्र्यु आदेश जारी गरेको हो ।

२२ चैतमा हरिनगर गाउँपालिका ३ का जीवन मेहतामाथि भएको आक्रमणपछि धार्मिक हिसावले राखिएका तुल व्यानर च्यात्नेलगायतका गतिविधि सहित झडप हुन थालेको थियो । यसलाई नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो । 

आक्रमणमा घाइते भएका हरिनगर गाउँपालिका ३ का जीवन मेहताको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइहरेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार मेहताको अवस्था खतरामुक्त छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update