Odapalika - The Fourth Estate - चौथो अंग
नयाँ घरका नक्सा र पुरानोको अभिलेख अनिवार्य गर्दै राप्ती नगरपालिका 

काठमाडौँ । चितवनको राप्ती नगरपालिकाले सरकारी तथा निजी घरहरु निर्माण गर्नुपूर्व अनिवार्य नक्सा पास गराउन अनुरोध गरेको छ । 

पालिकाले स्थानीय सरकार संचालन ऐन बमोजिम घर निर्माण अघि अनिवार्य पालिकामा आएर नक्सा पास गराउन नगरबासीलाई भनेको हो । 

नगरप्रमुख शमशेर लामाले घर तथा भवन निर्माणलाई व्यवस्थित गर्न नक्सापास अनिवार्य भएको भन्दै नगरबासीलाई सहयोग गर्न अनुरोध गरिएको बताए । 

नगरपालिकाले आफुले निर्माण गरेको घर कतिको सुरक्षित छ भन्ने विषयमा ढुक्क बन्न पनि नक्सा पास गर्नुपर्ने बताएको छ । 

नगरले चैत मसान्तसम्मको समय दिएर नक्सा पास नगरी बनाइएका पुराना घर घरसमेत अभिलेखमा राख्न भनेको छ । 

पुराना घरहरुको भने अभिलेख राख्न नगरपालिकामा सम्पर्क गर्न भनिउको बताउँदै लामाले चैत मसान्तभित्रमा सबै घरहरुको अभिलेख राखिसक्ने अभियानमा पालिका रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update