Odapalika - The Fourth Estate - चौथो अंग
एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल सार्वजनिक

काठमाडौँ । आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्री शुरू गरेको छ । 

यसलाई एभरेस्ट एरोम्याटिक सुपर लङ ग्रेन चामल नाम दिइएको छ । मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा चामलको औपचारिक बिक्री शुरूवात घोषणा गरेका हुन् ।

एभरेष्ट चामलको शुभारम्भ गर्दै बस्नेतले भने, ‘हामीले धेरै मिहिनेत गरेर नेपाली किसानको मात्र धान किनेर त्यसलाई आम उपभोक्ता माझ पुर्याएका छौं । चामलको मूल्य विदेशबाट आयाति चामलको दाँजोमा निकै सस्तो पनि छ ।’

आयातित लंग ग्रेन भन्दा स्वादिस्ट र उच्च एभरेष्ट सुपर लङग्रेन स्टीम र एभरेष्ट लङग्रेन स्टीम (तिब्बर) सार्वजनिक गरेको छ । आयातितको तुलनामा यस चामलको लम्बाई १७.४६ मिलिमिटर लम्बाई छ ।

आरजु राईस मिलले विगत केही वर्षदेखि पूर्वी नेपालका मोरङ, सुनसरी तथा झापाका ४ हजार भन्दा बढी बिगाहा जग्गामा हजारौँ किसानसँग सहकार्य गर्दै आएको छ । 

धान रोपाई अगाडि नै स्थानीय किसानका लागि चलन चल्तीको न्यूनतम समर्थन मूल्यभन्दा बढी तोकी धान खरिद गर्ने गरेको छ । आरजु राईस मिलले किसानको धानलाई मिलमा आइपुगेको २ दिनभित्रै अनलाईन बैंकिङ प्रणालीबाट भुक्तानी गर्दै आएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update