Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः पहाडमा पानी, तराईमा हावाहुरी 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भागमा वर्षा हुने र तराईका क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ । 

पश्चिमी र स्थानीय वायुको प्रभाव कायम नै रहँदा आज कोशी र मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा भने आंशिक सम्म बदली हुने सम्भावना छ । 

विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सफा रहने छ । 

गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । कोशी प्रदेशका साथै मधेस, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ ।

राति भने देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । 
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update