Odapalika - The Fourth Estate - चौथो अंग
बनेपाको धनेश्वर क्षेत्र डुवानमा 

काभ्रे । निरन्तरको भारी वर्षाको कारण बनेपा धनेश्वर क्षेत्र डुवानमा परेको छ । काभ्रेको व्यस्त सडको रुपमा रहेको बनेपा पनौति सडक खण्ड अन्र्तगत धनेश्र क्षेत्र डुवानमा परेको हो ।

गए रातिबाट परेको अविरल वर्षाको कारण मंगलबार बिहान धनेश्वर क्षेत्र भएर बग्ने पुन्यमाता खोलामा पानीको सतह बढ्दा खोला पुलमाथि बाट सडकमा आएको छ । उक्तक्षेत्र पुरै डुवानमा परेको छ । 

स्थानीय प्रशासन र प्रहरीले बाढीबाट हुने सम्भावित क्षतिबाट बच्न डुवान क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

 

Banepa Flood (4)1691464864.jpeg

Banepa Flood (3)1691464863.jpeg

Banepa Flood (2)1691464862.jpeg

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update