Odapalika - The Fourth Estate - चौथो अंग
लाहान नगरपालिकाले तिरिदियो कृषकको बिजुलीको बिल 

काठमाडौँ । सिरहाको लहान नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको बिजुलीको महसुल तिरिदिएको छ । 

आर्थिक वर्ष २०७९÷८० मा १ एक हजार २३४ किसानले प्रयोग गरेको कृषि विद्युत महसुलबापतको १४ लाख ८ हजार रुपैयाँ नगरपालिकाले विद्युत प्राधिकरणलाई बुझाएको हो ।

नगरप्रमुख महेशप्रसाद चौधरीले विद्युत प्राधिकरण लाहान वितरण केन्द्रका लेखा प्रमुख जितेन्द्र झालाई चेक हस्तान्तरण गरेका छन् । 

चेक हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले किसानलाई कृषि पेसामा आकर्षित गर्ने उद्देश्यले यस कार्यक्रम सञ्चालन गरिएकोे बताए ।

किसानले विद्युत ‘हुकिङ’ नगरून्, कृषिमा आकर्षित हुन् भन्ने उद्देश्यले  कार्यक्रम सञ्चालन गरेको बताउँदै उनले  यसबाट किसानलाई प्रत्यक्ष लाभ पुगेकाले आगामी दिनमा पनि निरन्तरता दिने बताए । 

पालिकाले गत असारमा सम्पन्न नगरसभाबाट कार्यविधि पास गरी प्रमाणीकरण गरेको भए पनि लेखा तथा प्रशासकीय प्रमुख नियमित नहुँदा भुक्तानीमा ढिलाइ भएको नगरप्रमुख चौधरीले जानकारी दिए ।

आगामी वर्ष थप ७०० कृषकलाई यो योजनामा जोड्ने नगरपालिकाको योजना छ । 

    
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update