Odapalika - The Fourth Estate - चौथो अंग
इच्छाकामनाका गाउँमा बिजुलीको उज्यालो 

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक बिजुली बलेको छ । 

शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बत्ती बालेर अन्धकारको युग अन्त्य भएको घोषणा गरेसँगै स्थानीय पनि बिजुली उज्यालोको पहुँचमा पुगेका छन् । 

विद्युत सेवा पुग्न बाँकी मायाटार, रमाइलो डाँडा, तेर्सेगाउँ, डाँडागाउँ, हेप्चे र घुर्केसलगायत १०० वटाभन्दा बढी घरमा बढीमा बिजुली पुगेको अध्यक्ष गुरुङले बताए ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र र इच्छाकामना गाउँपालिकाको सहयोगमा विपन्न परिवारलाई ‘मिटर बक्स, केबल र एमसिभी’ वितरण गरिएको हो । 

इच्छाकामना गाउँपालिकाका अध्यक्ष गुरुङ, नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ, वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङले सो क्षेत्रका विपन्न ६० घरमा निःशुल्क मिटरबक्स, कबललगायत  उपकरण वितरण गरे ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update