Odapalika - The Fourth Estate - चौथो अंग
बैतडीमा देखियो लम्पी स्किनको लक्षण, सजग रहन डिलासैनी गाउँपालिकाको अपिल

काठमाडौँ । बैतडीको डिलासैनी गाउँपालिकामा लम्पी स्किन रोगको लक्षण देखिएको छ । गाई तथा गोरुहरुमा सो रोगको लक्षण देखिएको हो ।

गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने बाइमका गाई तथा गोरुमा सो रोगको लक्षण देखिएले सजग रहन गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशित गरेको छ ।

गत वर्ष सो रोगले देशव्यापी महामारीको रुप लिएको थियो ।

अहिले सो स्थानका गाई तथा गोरुमा लम्पी स्किनको लक्षण देखिएपछि सो स्थानबाट अन्यत्र पशुहरु तथा पशुजन्य पदार्थ ओसार पसार नगर्न नगराउन गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशित गरेको छ ।

dilasaini-notice1712477026.jpg

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update