Odapalika - The Fourth Estate - चौथो अंग
ट्रेकिङ क्षेत्रका २५ कम्पनी सामाजिक सुरक्षा कोषसँग  आवद्ध 

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा आवद्ध २५ वटा कम्पननी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन्।

आइतबार कोषले आयोजना गरेको पदयात्रा तथा पर्वतीय क्षेत्रमा आवद्ध  व्यवसायी तथा श्रमिकहरूका लागि योगदानमा आधारित  सामाजिक सुरक्षा आवद्धता सम्बन्धि  अभिमुखिकरण गोष्ठीमा नै सो संख्यामा कम्पनीहरु आवद्ध भएका हुन्।

उक्त कम्पनी टानका २५ सदस्य कार्यसमिति सदस्यमा आवद्ध भएका कम्पनी हुन् । टान अध्यक्ष निलहरी बास्तोलाले टानमा आवद्ध श्रमिकहरूलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्न कम्पनीहरु कोषमा आवद्ध हुने तयारी भएको बताए । 

टानले धेरै अगाडिदेखि आवद्धताको तयारी गरेपनि विविध कारणले ढिलाइ भएको उनको भनाइ छ । अध्यक्ष वास्तोलाले कार्यसमितिका सदस्य आवद्ध कम्पनी पहिलो चरणमा कोषमाआवद्ध भएकोभन्दै विस्तारै सबै सदस्य कम्पनीहरूलार्इ कोषमा आवद्ध गरेर श्रमिकको सामाजिक सुरक्षा कार्यक्रम संचालन गरिने बताए ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले नेपालको संविधानले गरेको व्यवस्था अनुसार ट्राभल क्षेत्रका कम्पनीहरु अनिवार्य रूपमा कोषमा आवद्ध हुनुपर्ने बताए। उनले मासिक रूपमा ३१ प्रतिशत योगदान गरेपछि विभिन्न सुविधा पाउने बताए।

कोषमा आवद्ध भएपछि रोजगारदाताको दायित्ब सबै कोषमा सर्छ भने श्रमिकले पनि ठुक्क भएको महसुस गर्न पाउछ ।

पर्यटन क्षेत्रबाट कोषमा न्यून योगदान रहेको भन्दै उनले जहाँ जहाँ असुरक्षा छ, त्यहाँ कोष पुग्छ भन्ने मान्यताका साथ आवद्ध हुनुपर्ने कार्यकारी निर्देशक अधिकारीले बताए।

होटल क्षेत्रबाट १५ प्रतिशत श्रमिक आवद्ध भएका छन् भने ट्रेकिङ, ट्राभल र टुरबाट नगन्य सहभागिता रहेको कोषको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update