Odapalika - The Fourth Estate - चौथो अंग
बुढानीलकण्ठमा बिरालो पाल्नुभएको छ ? दर्ता गराइहाल्नू 

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले घरमा पालेका कुकुर र विरालोलाई अनिवार्य नगरपालिकामा दर्ता गराउन आह्वान गरेको छ । 

नगरपालिकाले पशु शाखामा सम्पर्क गरेर घरमा पालेका कुकर र बिरालो दर्ता गराएर अनिवार्य संकेत नम्बर लिन भनेको छ । 

सडकमा छाडा कुकुर छाड्ने क्रमलाई रोक्न नसकिरहेका बेला नगरपालिकाले अभिलेख राखेर प्रमाणपत्र लिएर मात्र कुकुर र बिरालो पाल्न भनेको हो । 

सम्वनिधत वडा कार्यालयमा दर्ता गराउन भन्दै प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अधिकारीले सार्वजनिक सूचना जारी गरेका छन् । 

कुकुर बिरालोबाट हुने नकारात्मक प्रभाव रोक्न र घातक रोगबाट बच्न अभिलेख राख्ने र प्रमाणपत्र जारी गर्ने भन्दै नगरपालिकाले २ महिनाभित्रमा वडामा पुगेर दर्ता गर्न भनेको हो । 

budanilakhantha-notice1712478592.jpg

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update