Odapalika - The Fourth Estate - चौथो अंग
बाढीले अस्तव्यस्त काठमाडौंको अनामनगर र सामाखुसी (तस्वीरसहित)

काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाको कारण अनामनगरस्थित धोबीखोला र सामाखुशी आसपासको क्षेत्र डुवानमा परेको छ । 

सोमबार रातीबाट परेको भारी वर्षाको कारण मंगलबार बिहान अनामनगर क्षेत्र डुवानमा परेको हो । धोबीखोलामा पानीको सतह उच्च हुँदा वरिपरिका घरहरु पनि डुवानमा परेका छन् । 

यस्तै, सामाखुशी क्षेत्र पनि डुवानमा परेको छ । सामाखुशीमा विद्यालय, घर लगायतका क्षेत्र डुवानमा परेका हुन् । बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तीमा बाढी पसिसकेको छ । 

बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । नदी तथा खोलाको जल सतह बढ्ने क्रममै रहेकोले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सर्तकता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ । त्यसैले नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई मंगलबार बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Anamnagar flood (2)1691466310.jpeg

Anamnagar flood (8)1691466310.jpeg

Photo1691466319.jpg

Flood on Anamnagar Road (3)1691466318.jpeg

Anamnagar flood (9)1691466313.jpeg

Flood on Anamnagar Road (1)1691466312.jpeg


 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update