Odapalika - The Fourth Estate - चौथो अंग
बुढानीलकण्ठभित्रका स्कुलको मासिक शुल्क २६ सयदेखि ७ हजारसम्म 

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले बैशाखबाट सुरु हुने शैक्षिक सत्रका लागि मासिक शुल्क निर्धारण गरेको छ । 

नगरपालिकाले प्ले ग्रुपदेखि कक्षा १० सम्मको मासिक शुल्क निर्धारण गर्दै संस्थागत (निजी) विद्यालयहरुलाई कार्यान्वयन गर्न पत्राचार गरेको छ । 

नगरपालिकाका अनुसार तोकिएको भन्दा बढी शुल्क लिएको पाइए कारवाही गरिने छ । पालिकाले जारी गरेको सूचनाअनुसार प्ले ग्रुपका लागि मासिक २ हजार ६०० रुपैयाँ शुल्क तोकिएको छ । 

त्यसमाथि नर्सरी, युकेजी एलकेजीमा प्ले ग्रुपमा लिएको शुल्कमा सय रुपैँयाका दरले थप हुँदै जानेछ । पालिकाले कक्षा १ देखि १० सम्मका क, ख र ग श्रेणीमा विद्यालयको बर्गीकरण गरेर शुल्क निर्धारण गरेको हो ।

कक्षा १ मा २ हजार ६०० देखि ३ हजार ९०० सम्म शुलक लिन पाइने छ भने कक्षा १० मा ४ हजार ७०ण् देखि ७ हजार ५० रुपैयाँसम्म मासिक शुल्क लिन पाइने छ । पालिकाले भर्ना शुल्क लिन नपाइने भनेपनि विद्यालयहरुले विभिन्न शीर्षकमा मोटो रकम अभिभावकबाट उठाइरहेका छन् । 

हेर्नुहोस कुन कक्षाको कति शुल्क ? 

fees1712479597.jpg


 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update