Odapalika - The Fourth Estate - चौथो अंग
चन्द्रागिरि नगरपालिकाको गेटमा कपडा बैँक, कसलाई हुन्छ फाइदा ? 

काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैँक’  स्थापना भएकोे छ  नगरपालिकाको आर्थिक सहयोगमा यो कार्य सम्पन्न भएको हो ।

प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको गेटमा रहेको ‘कपडा बैङ्क’ लगेर जम्मा गर्न सकिनेछ । संकलित कपडा र झोलालाई ‘क्लोथ एन्ड फुड’ बैङ्कले ‘रिसाइकल’ गर्ने जनाएको छ ।

रिसाइकल गरिएका कपडा एवं झोलालाई आकर्षक ‘प्याकेज’ गरी बैँकले  ‘शो रुम’ राख्नेछ । आवश्यक पर्ने जो कोहीले ‘शो रुम’मा गई यस्ता कपडा र झोला निः शुल्क लिन सक्ने नगरपाकिलाले जनाएको छ । 

साथै बैङ्कले विपन्न तथा गरिबलाई वर्गलाई उनीहरुको घरघरमै कपडा र झोला वितरण सुरुआत समेत गरिसकेको जनाइएको छ । काठमाडौँ उपत्यकाभित्र ‘कपडा बैङ्क’सञ्चालन गर्ने चन्द्रागिरि दोस्रो नगरपालिका हो । 

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, चन्द्रागिरि–४ वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र अभिनेता राजेश हमालले आइतवार आयोजित कार्यक्रममा  कपडा बैङ्कको शुभारम्भ गरेका छन् । 

नगरप्रमुख गिरीले कपडा बैङ्कलाई आगामी दिनमा थप प्रवद्र्धन गर्न वडा तहमा विस्तार गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिए । 

चन्द्रागिरि–४ वडाध्यक्ष एवं नगरप्रवक्ता खड्गी भौतिक पूर्वाधारको विकासका साथसाथमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र सरसफाइमा उच्च प्राथमिता दिँदै आएको र कपडा बैङ्कलाई अगामी दिनमा सहयोग गरिने बताए ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले बैङ्कमा पैसामा जम्मा गरेजस्तै कपडा बैङ्कमा पनि कपडा जम्मा गर्न नगरवासीलाई व्यापक जनचेतना जगाउन आवश्यक छ रहेको बताए । 

chandragiri-cloth-bank1712552799.jpg

अभिनेता हमालले कपडा बैङ्कका साथसाथमा खाद्यान्न बैङ्क स्थापनाको तयारी गरिएको बताउँदैै कपडा बैङ्कबाट विपन्न समुदायलाई बढी फाइदा हुने विश्वास व्यक्त गरे । 

‘क्लोथ एन्ड फुड’का अध्यक्ष कमल जिसीले प्रयोगमा नआएका कपडा सङ्कलन गरेर ‘रिसाइकल’ गरी विपन्न तथा गरिब मानिसमाझ पु¥याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताए ।

बैङ्कले ‘रिसाइकल’ लागि बुटवल उपमहानगरपालिकामा कारखाना सञ्चालनमा ल्याएको छ भने १६० स्थानीय तहसँग कपडा संकलनका लागि सहकार्य गरेको जनाएको छ ।  
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update