Odapalika - The Fourth Estate - चौथो अंग
वृश्चिकको समय मनोरञ्जनमा, कन्याको यात्रामा, अरुको ?                     

आजको पञ्चाङ्ग 

तिथिः प्रतिपदा । नक्षत्रः रेवती । करणः किंष्तुग्न । चन्द्रराशिः मिन । सूर्योदयः ५ः४८ । सूर्यास्तः १८ः२५ । दिनमानः ३१ः३४ घडी । राहुकालः बेलुका ३ः०० देखि ४ः३० बजेसम्म ।

मेष (चु चे चो ला लि लु ले लो अ)

थालेको कामले बढी खर्च गराउनेछ । बन्धुवर्गसँग भेटघाट र रमाइलो होला । आजको घुमफिर सफल र अर्थपूर्ण हुनेछ ।  

वृष (इ उ ए ओ बा बि बु बे बो)

तपाईंको आज धन आगमन होला । बुद्धिमतापूर्वक मान्यजनको सल्लाहमा काम गर्नुहोला । स्वस्थ्यमा आएको समस्या कम हुनेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

आज भेटघाट र मनोरञ्जनपूर्ण दिन बित्नेछ । नयाँ मित्रको सम्पर्कले आपूmमा खुसी आउनेछ । समयले साथ दिनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

अनावश्यक चिन्ता घट्नेछ । भेटघाटको अवसर मिल्नेछ । कुनै हराएको सामान प्राप्त हुनसक्छ । 

सिंह (मा मि मु मे मो टा टि टु)

कुनै अप्रिय र आकस्मिक खबर सुन्नुपर्ला । सबैको तपाईँबाट लाभ लिन खोज्नेछन् । आपूmले चिताएको कुरा पूरा नहुन सक्छ  ।

कन्या (टो प पि पु ष ण ठ पो)

अचानक पारिवारिक यात्रा तय हुने देखिन्छ । कर्म क्षेत्र बलियो र मजबुत हुनेछ । गरेको कामको प्रशंसा चौतर्फी होला ।  

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको कार्यको शत्रुपक्षबाट रोकावट हुनेछ । आर्थिकरुपमा दिन खर्चिलो देखिन्छ । तपाईँले बुद्धिमतापूर्वक काम गर्नुपर्ने देखिन्छ ।  

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको समय मनोरञ्जनमा बित्नेछ । गरेका काम सफल हुनेछन् । शारीरिक थकान भने बढ्नेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

काममा साथीको साथ पूर्णरुपमा रहनेछ । परिश्रमपूर्वक गरेको कामबाट निराश हुनुपर्दैन । यात्रा सुमधुर हुनेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आफन्तसँग विवाद पर्नसक्छ । आत्मविश्वासका साथ काम गर्नुपर्ने हुन्छ । अनावश्यक सोचाइले मन एकोहोरो हुनेछ । यात्रामा भने थारै कष्ट बेहोर्नुपर्ला ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

यो राशि हुनेका लागि धनप्राप्तिको योग रहेको छ । कुनै नयाँकार्यको योजना बन्ला ।  तर्कले अरुलाई जित्न सकिनेछ । कुटुम्बसँगको भेटले रमाइलो दिन हुनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आजको दिन रमाइलो यात्रामा बित्ला । शरीरमा स्पूmति बढ्नुका साथै जीवन सुखद् होला । नयाँ सामानको खरिद हुनेछ । 
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update