Odapalika - The Fourth Estate - चौथो अंग
मकवानपुरमा पहिरोले घर भत्काउदा १ जनाको मृत्यु, ५ जना बेपत्ता 
फाइल तस्वीर

मकवानपुर । मकवानपुरको बाग्मती गाउँपालिकामा मकवानपुर । जिल्लाको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर बगाउँदा १ जनाको ज्यान गएको छ । पहिरोमा परेर ५ जना वेपत्ता भएका छन् । 

गत राति पहिरोले घर बगाउँदा एकै घरका सुतिरहेकालाई बगाएको हो । पहिरोले भोर्लेनीका धारापानी स्याङ्तानको घर बगाउँदा स्याङ्तान, उनकी पत्नी, छोरी, ज्वाइँ र दुई जना बालबालिका बेपत्ता भएका छन् । 

पहिरोमा परि घाइते एक जनाको जीवितै उद्धार गरिएको भए पनि उपचारको क्रममा ज्यान गएको वाग्मती गाउँपालिका–५ का वडाध्यक्ष विजयकुमार भ्लोनले जनाकारी दिए । बेपत्ता र मृतकको नाम खुली नसकेको उनले बताए  । 

राति घरमा सुतिरहेको बेला घरमाथिबाट पहिरो आएर घर नै बगाएको भ्लोनले बताए । ‘सबै जना निदाएको बेला माथिबाट पहिरो र खहरे पसेछ, घर नै उछिट्याएर वाग्मतीमा र्पुयाएछ, पहिरोमा परेका मध्ये एक जनालाई जीवित नै फेला पारियो तर बचाउन सकिएन’, उनले भने । 

पहिरोमा एकै परिवारका मानिसहरू बेपत्ता भएपनि घटनास्थलमा पुग्न नसकिएको गाउँपालिका उपाध्यक्ष फनिन्द्रकुमार तिमल्सिनाले बताए । बाटो बिग्रिएको ले जान समस्या भइरहेपनि वैकलीपक मार्ग खोजवेर घटनास्थल जाादै गरेको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update