
काठमाडौँ । इलाम र बझाङमा हुने उपनिर्वाचनअन्तर्गत आज उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।
निर्वाचन आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय छ । दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।
उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उमेदवारी दिएका छन् । १५ बैशाख बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान तय भइसकेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० ०७:४८
प्रतिक्रिया दिनुहोस्