Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसको उम्मेदवार विष्णुदेवी पुडासैनी

काठमाडौँ । नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको मंगलबार बसेको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार  बनाउने निर्णय गरेको हो । 

आज बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीका सम्बन्धबारे संसदीय दलको बैठकमा छलफल भएको थियोे । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको  समय तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update