Odapalika - The Fourth Estate - चौथो अंग
नयाँ वर्षबाट बन्दिपुरहील सञ्चालनमा, रेष्टुरेण्टको सुविधा निःशुल्क 

काठमाडौँ । तनहुँको बन्दीपुरमा निर्माणाधीन केवलकार गुरुयोजना (बन्दिपुरहिल) अन्तर्गतका बटम स्टेशनको बाँग बगैंचा, पार्क र रेष्टुरेण्ट नयाँ वर्षको दिनदेखि सर्वसाधरणको लागी व्यावसायिक रुपमा खुल्ला गरिने भएको छ । 

५६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्टेशन विधिवत रुपमा सुचारु गर्न लागिएको बन्दीपुर केबलकार एण्ड टुरिजमले जनाएको छ । 

कम्पनीका भाइस प्रेसिडेण्ट किरण पोख्रेलले वटम स्टेशनमा रहेका उद्यान, रेष्टुरेन्ट, जिप लाईन, स्काई साईक्लिङ लगायतका सेवाहरु नयाँ वर्षदेखि सर्वसाधारणका लागि खुला हुने बताए । 

उनका अनुसार ८६ करोड रुपैयाँमा बटम स्टेशनका पूर्वाधारहरु निर्माण भएका हुन । उक्त उद्यानमा प्रवेश गर्न प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ । यस्तै, मोटरसाइकलका लागि ३००, ट्याक्सीका लागि ५००, माइक्रो बसका लागि १ हजार र बसका लागि १ हजार ५०० रुपैयाँको टिकट लिनुपर्नेछ । 

bandipur buttam station11712640961.jpg

उक्त टिकट बराबर नै अफरमा रेष्टुरेण्टको सुविधा निःशुल्क लिन सकिने व्यवस्था कम्पनीले गरेको छ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्राण्ड (बन्दिपुरहिल) अन्तर्गतको केवलकार सेवा समेत १ बैशाखबाटै संचालन हुनेछ । बैशाख १ गते औपचारिक रुपमा केलवकारको उद्घाटन भएतापनि सर्वसाधारणका लागि केही समयपछि खुला गरिने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । 

उनका अनुसार बन्दिपुरहिल अन्तर्गत बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेड ३ अर्व ५८ करोड, बन्दिपुर स्काई वाक एण्ड रिक्रियशन प्रालि.१ अर्व ५३ करोड, बन्दिपुर बैंङ्क्वेट एण्ड इभेन्ट प्रालि. ३७ करोड, सिद्ध गुफा रोपवेज प्रालि. ८७ करोड र मिनरलल्स वाटर उद्योग ४ करोड रुपैयाँ गरी जम्मा ६ अर्व ३९ करोड रुपैयाँको सम्पूर्ण परियोजना प्याकेज छ । 

परियोजना बनेर व्यवसायिक सञ्चालनमा आउनको लागि आगामी २ वर्षभित्र सम्पूर्ण रुपमा सम्पन्न हुने तयारी रहेको कम्पनीका वित्तिय निर्देशक शिवप्रसाद शर्माले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update