Odapalika - The Fourth Estate - चौथो अंग
४२ स्थानमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै चौरजहारी नगरपालिका 

काठमाडौँ । रुकुम पश्चिमको चैरजहारी नगरपालिकाले पालिकाभित्रका १४ वटै वडाका ४२ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । 

पालिकाका अनुसार ५५ वर्षमाथि उमेरका नागरिकको दीर्घ रोज पहिचान गर्ने तथा उनीहरुको औषधि उपचार गर्ने प्रयोजनका लागि शिविर सञ्चालन गर्न लागिएको हो । 

२७ चैतबाट सुरु भएको शिबिरमा ४ बैशाखसम्म चल्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए । 

वडाका विभिन्न विद्यालय र स्वास्थ्य संस्थामा संचालन गरिने स्वास्थ्य शिविरमा सहभागी हुन नगरपालिकाले आह्वानसमेत गरेको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update