Odapalika - The Fourth Estate - चौथो अंग
नागार्जुन नगरका निजी विद्यालयको शुल्क २४ सय देखि ७ हजारसम्म 

काठमाडाैँ । काठमाडौँको नागार्जुन नगरपालिकाले निजी क्षेत्रका बोर्डिङ स्कुलको शुल्क निर्धारण गरेको छ । चैत १५ गते बसेको नगर कार्यापालिकाको बैठक तथा नगर शिक्षा समितिको निर्णय अनुसार पालिकाले बोर्डिङ स्कुललाई क, ख र ग वर्गमा बर्गिकरण गरी शुल्क निर्धारण गरेको छ ।

पालिकाले मंगलबार एक सूचना जारी गर्दै अधिकतम शुल्क तोकिएको भन्दै पालिकाभित्र सञ्चालित निजी क्षेत्रका स्कुललाई तोकिए अनुसारको शुल्क लिन निर्देशन दिएको हो । 

सूचना अनुसार नर्सरीका लागि २ हजार ४०० देखि ३ हजार ७५० रुपैयाँसम्म शुल्क तोकिएको छ । यस्तै, एलकेजीमा २ हजार ५०० देखि ३ हजार ९००, युकेजीमा २ हजार ६०० देखि ४ हजार ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

प्राथमिक तहका ग वर्गका स्कुललाई २ हजार ७०० देखि ३ हजार ४०० रुपैयाँसम्म निर्धारण गरिएको छ । यस्तै, ख वर्गका स्कुललाई ३ हजार ३७५ रुपैयाँदेखि ४ हजार १२५ र क वर्गका लागि ४ हजार २०० देखि ५ हजार ३२५ रुपैयाँ निर्धारण गरिएको छ । 

माध्यमिक तहको ग वर्गका स्कुललाई ३ हजार ७०० देखि ४ हजार ५००, ख वर्गका लागि ४ हजार ६२५ देखि ५ हजार ६०० र क वर्गका स्कुललाई ५ हजार ८०० देखि ७ हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको हो । 

नगरकार्यपालिकाको बैठकले सामुदायिक विद्यालयले भने कुनै पनि शीर्षकमा अभिभावकबाट शुल्क लिन नपाउने निर्णय गरेको छ ।

Nagarjun-municipality1706007473.jpg

1-1712664350.jpg

2-1712664351.jpg

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update