Odapalika - The Fourth Estate - चौथो अंग
कर्णालीको मुख्यमन्त्री एमालेको पोल्टामा, यामलाल कँडेल नियुक्त 

काठमाडाैँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । 

प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कँडेलले संघीय सत्ता गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

दाबी लगत्तै उनलाइृ नियुक्ति दिइएको छ । यसअघि यो प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता मुख्यमन्त्री थिए । संघीय सत्ता गठबनधनले गरेको भागवण्डमा कर्णाली एमालेको भागमा परेपछि माओवादीका मुख्यमन्त्रीले राजीनामा दिएका थिए । यहाँ एमालेले पहिलाेपटक सरकारकाे नेतृत्व गर्दैछ । कर्णालीमा सरकार गठन गर्न २१ जना सांसद्को आवश्यकता पर्छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update