Odapalika - The Fourth Estate - चौथो अंग
बागमती, लुम्बिनी र मधेशबाहेकमा पानी पर्ने सम्भावना 

काठमाडौँ । नेपालमा जारी पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण बिहानैबाट पहाडी भू–भागमा बादलसहित हल्का वर्षाको सम्भावना बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार विहानमा्रसममा बदली देखिदा दिउँसो पनि पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान साथै बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्नसक्ने विभागको भनाइ छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुँदा बाँकी भू–भागका मौसम भने खास खराब नहुने विभागको भनाइ छ ।

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना भने कायम नै छ ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update