Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, २ जना मैदानमा 

काठमाडौँ । राष्ट्रियसभाको रिक्त उपाध्यक्षका  लागि आजका लागि निर्वाचन कार्यक्रम तय भएको छ । उपाध्यक्षका लागि  दुई जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

नेकपा एमालेकी विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका छन् । 

सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने तथा समर्थकमा नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामी छन् ।

सत्ता गठवन्धनसँग बहुमत रहेकाले उनी निर्वाचित हुने निश्चित छ । निर्वाचित भएपछि उनले २ वर्ष उपाध्यक्षका रुपमा कामकाज गर्नेछिन् । उनी ९ माघ २०७६ मा सदस्य निर्वाचित भएकी थिइन् । 

कांग्रेसकी उमेदवार ७३ वर्षीय पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । पुडासैनी गते माघमा भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update