Odapalika - The Fourth Estate - चौथो अंग
चावहिलको तरकारी होलसेल बजार डुबानमा 

काठमाडौँ । उपत्यकामा परेको भारी वर्षाले चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजार डुबानमा परेको छ ।

अत्याधिक वर्षाको कारण धोबीखोलामा मंगलबार आएको बाढी चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजारमा पसेको हो । बाढीका कारण बिहान बेच्न राखिएका कतिपय तरकारीमा क्षति पुगेको तरकारी व्यवसायीले जानकारी दिए । 

सोमबारदेखि परेको भारी वर्षाले काठमाडौं आसपासका बागमतीलगायत धोबी खोला, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोलामा पानीको बहाव वढ्दा उपत्यकाका नदी र खोला आसपासका क्षेत्र डुवानमा परेका छन् । 
tarkari chabil1691478324.jpg

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update