Odapalika - The Fourth Estate - चौथो अंग
३२० घरको मुकाम छार्कामा सिसीटिभी र डिजिटल बोर्ड 

काठमाडौँ । डोल्पाको विकट क्षेत्रमा रहेको छार्का तासोङ गाउँपालिकाले पालिकाको निगरानीका लागि सिसी क्यामेरा र पालिकामा डिजिटल बोर्ड राखेको छ । 

प्रविधिसँग जोडिनका लागि सिसीटिभी क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले जानकारी दिए । 

घरधुरी र जनसंख्याको हिसावले सानो यो पालिकामा जम्मा १६७२ जनाको बसोबास छ । पालिकाभर जम्मा ३२० घरधुरी छन् । 

chharka-1712730059.jpg

जहाँ जाडो समयमा तापक्रम माइनस १० डिग्रीसम्ममा झर्छ । पालिकालाइृ प्रविधिमैत्री बनाउँदै लैजाने अभियान जारी रहेपनि हिमाी जिल्ला र विकट क्षेत्र भएकाले पूर्वाधार विकासमा समस्या रहेको अध्यक्ष  गुरुङ बताउँछन् । 

जनसंख्या कम भएपनि पालिकालाई पूर्ण साक्षर घोषणा गरिएको छ ।  गत पुसमा पालिकालाई पूर्ण साक्षर पालिका घोषणा गरिएको हो । गत कात्तिकमा मात्र यो पालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । 

अब यहाँका स्थानीयले सामान किन्न हप्तौ लगाएर मुस्ताङसम्म आउनुपर्ने वाध्यता हटेको छ । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update