Odapalika - The Fourth Estate - चौथो अंग
बागमती नगरपालिकाका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिका नगर प्रमुख (मेयर) भरत कुमार थापा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

मेयर थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

आयोगले सार्वजनिक पद दुरुपयोग गरी मेयर थापाले ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ । 

आयोगले जारी गरेको सूचनामा मेयर थापाले २०७४ को असोज ७ गतेदेखि २०७९ को माघ २९ गतेसम्मको आम्दानी ७ करोड ४६ लाख ५० हजार २०१ रुपैयाँ आम्दानी गरेको र १३ करोड २० लाख ३ हजारभन्दा बढी खर्च गरेको उल्लेख छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update