Odapalika - The Fourth Estate - चौथो अंग
कृषिमा लगानी बढाउँदै धनपालथान गाउँपालिका, यस्ता छन् अफर 

काठमाडौँ । मोरङको धनपालथान गाउँपालिकाले पालिकाभित्रका कृषकलाई लक्षित गरेर कृषि र पशुपालनका क्षेत्रमा ७५ प्रतिशतसम्म अनुदान दिने भएको छ । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार यादवका अनुसार पालिकाले धानखेतीदेखि चौपायाँ पाल्न चाहने कृषकहरुलाई आकर्षण गर्न विभिन्न सुविधाका प्याकेजहरु अघि सारिएको हो । 

पालिकाको कृषि शाखाको सहजीकरणमा पालिकाभित्रका बाख्रापालन र कुखुरा पालनलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदान दिइरहेको छ । पाकिलाले बाख्रोको खोर ५० प्रतिशत अनुदानमा र हाँस तथा कुखुराको खोर निर्माण गर्नेलाई पनि ५० प्रतिशत अनुदान दिएको कृषि शाखाको भनाइ छ । 

५० प्रतिशत अनुदानमा धानको बिउ दिएको पालिकाले यो अफर विभिन्न ३ वटा जातका धानका बिउका लागि भएको जनाएको छ । 

पालिकाले गड्यौला पिट निर्माण गर्न ७५ प्रतिशतसम्म अनुदान दिएको छ भने च्याउ खेतीलाई समेत उत्तिकै प्रवद्र्धन गरिरहेको छ । 

च्याउ उत्पादन प्रवद्र्धन कार्यक्रम अन्तर्गत ७५ प्रतिशतसम्म अनुदान दिने भन्दै १० लाख रुपैयाँ बजेट बिनियोजन गरिउको प्रमुख प्शासकीय अधिकृत यादवले जानकारी दिए ।

उनका अनुसार पालिकाले ५० प्रतिशत अनुदानमा विद्युतीय मोटर समेत वितरण गरेको छ । ८ हजार २५० रुपैयाँ तिरेपछि कृषकले मोटर पाउने गरेको उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update