Odapalika - The Fourth Estate - चौथो अंग
५ वर्षमा ५ करोड गैरकानुनी सम्पत्ति जोडेका बागमतीमा मेयर निलम्बित 

काठमाडौँ । नयाँ संविधान जारी भएपछि बनेको स्थानीय तहको पहिलो कार्यकालमा मेयर बनेका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा निलम्नमा परेका छन् । 

५ करोड ३३ लाख रुपैयाँ भन्दा वढी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अखितयार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेलगत्तै उनी स्वत निलम्बनमा परेका हुन् । 

सर्लाहीको भरत ताल निर्माण गरेपछि चर्चामा आएका थापाविरद्ध अख्तियारले ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरको छ । 

५ वर्षको अवधिमा १३ करोड रुपैयाँ भन्दा वढी आम्दानी गरेका उनको सो सम्पत्रिको ५ करोड ३३ लाख रुपैयाँ भन्दा वढी सम्पत्तिको बैध श्रोत खुल्न नसकेको अख्तियारको दाबी छ ।

अख्तियारले उनीसँगै उनकी श्रीमती, भाइ र भाइबुहारी बिरुद्ध पनि अकुत रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मुद्दा दर्ता गरेको छ । थापा दोस्रो कार्यकालका लागि पनि मेयरमा निर्वाचित भएका थिए । 
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update