Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

बैठकमा उपस्थित ५५ जना सदस्यहरुमध्ये घिमिरेको पक्षमा ३९ मत परेको थियो भने पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो ।

राष्ट्रिय सभाको अध्यक्षमा यसअघि फागुन २९ गते नेकपा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भइसकेका छन्। 

सत्तारूढ पाँच दलका शीर्ष नेताको सहमतिअनुसार घिमिरेलाई एमालेले उम्मेदवार बनाएको थियो। 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update