Odapalika - The Fourth Estate - चौथो अंग
आज यी प्रदेशमा पानी पर्ने सम्भावना 

काठमाडौँ । बागमती प्रदेशसहित आज देशका केही भू–भागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले वर्षा गराउँछ । 

विभागका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने र  दिउँसो भने देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । 

कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

आज राति कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा मौसम सफा  रहने विभागको भनाइ छ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update